आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित पालिका प्रमुख(उपप्रमुख, जिसस प्रमुख(उपप्रमुख सहभागी छन् ।

कार्यक्रममा नेताले स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही, पार्टीमा आफूहरूको दरिलो उपस्थिति साथै आसन्न मंसिर ४ को निर्वाचन रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

यसअघि सोमबार र मंगलबार कांग्रेसले जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com