मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् ।

महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा। रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा। शेखर कोइराला पक्षमा छिन् ।

काठमाडौंकी राधा धले पनि समेटिएकी छिन् । उनी देउवा पक्षकी हुन् । ललितपुरकी धना खतिवडा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनले महिला संघमा लामो समय काम गरेकी थिइन् ।

धादिङ्गकी उर्मिला थपलिया नेविसंघको राजनीतिबाट आएकी हुन् । उनी डा। सशांक कोइराला समूह निकट मानिन्छिन् । मोरङ्गकी रुक्मीणी कोइराला र काठमाडौंकी कल्याणी रिजालको नाम पनि समेटिएको छ । रुक्मिणी शेखर पक्षकी हुन् भने रिजाल प्रकाशमान सिंह निकट हुन् ।

झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही र जुझारु महिलाको रुपमा आफूलाई स्थापित गरेकी लक्ष्मी खतिवडा पनि मनोनित भइन् ।

नवलपुरकी सीता देवकोटा पनि केन्द्रीय सदस्य बनाइएकी छिन् । उनी विगतमा पाल्पाबाट चुनाव लडेर पछिल्लो समय नवलपुरलाई राजनीतिक क्षेत्र बनाएर सक्रिय छिन् । चारैजना देउवानिकट हुन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com