मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

नयाँ दिल्ली।भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com