मंसिर ७, २०८० बिहिबार । November 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।

आगमी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले नागरिकता बिद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोली पल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com