चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

पोखरा । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन् ।

तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन भने र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ ।

गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com