चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । संक्रमणकालीन न्यायको विषयलाई लिएर सशस्त्र युद्ध पीडित समुदायले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । अपरान्ह ३ बजे बानेश्वरमा सो प्रर्दशन गरिन लागेको मानवअधिकारकर्मी कनकमणी दिक्षितले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी बिद्येयकमा मानवअधिकार आयोगले समेत आपत्ति जनाईरहेको बेला सशस्त्र युद्ध पीडित समुदायले अपरान्ह काठमाडौंमा प्रर्दशन गर्न लागेका हुन् ।

‘मानवअधिकार उल्लंघन’र ‘गम्भीर मानवअधिकार उल्लंघन’ को परिभाषा र वर्गीकरण मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुरूप नभएको, मानवताविरुद्धको अपराध, युद्ध अपराध, सशस्त्र व्यक्ति, निस्शस्त्र व्यक्ति, बालसेना र जबर्जस्ती करणीको अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकूल पारिभाषा हुनुपर्नेलगायत माग राखेर युद्ध पीडितहरूले बिद्येयकमा पुनर्बिचार गर्नुपर्ने माग राख्दै आएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com