मंसिर १५, २०८० शुक्रबार । December 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । महानगरपालिकाको फोहोर ७१ दिनदेखि उठ्न नसकेकोमा सरकारको समेत आलोचना गर्दै सचिव भट्टराईले सरकारको हुती नभएकोले एमालेमा आउन आग्रह गरेका हुन् ।

भट्टराईले साहलाई सरकारको भर नपर्न आग्रह गरे । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ ।ु भट्टराईले भने ।

यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन’ उनले भने, ‘यो सरकारको हुती पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित एमालेसँग त्यो भिजन छ । दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ ।’

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com