काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा। बाबुराम भट्टराई नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा आउन प्रयास गरिरहेका डा। भट्टराई त्यसैलाई सार्थकता दिने सोचका साथ प्रचण्डलाई भेट्न उनको निवास पुगेका हुन् ।
आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलका क्रममा माओेवादी अध्यक्ष प्रचण्ड डा भट्टराईबीच वान टु वान वार्ता भएको छ । त्यस भेटवार्तामा उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ समेत सहभागी भएको भएता पनि दुइ नेताले एक्ला एक्लै वार्ता गरेको श्रोतको भनाई रहेको छ ।
भेटका क्रममा प्रचण्डले भट्टराईलाई पनि गठबन्धनमा सहभागी गराउने बचन दिएको र आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सहमति लगभग भएको बुझिएको छ ।
प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि सोमबार सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।
बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ । अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ ।
प्रतिक्रिया