आश्विन ४, २०८० बिहिबार । September 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुर्खेत । कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज बिहान ११ बजे हुने छ ।

यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा ९९० बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com