आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । लायन्स क्लब इन्टरनेसनले बालगृहलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी अन्तर्गतका १२ वटा क्ल्बको संयुक्त आयोजनामा काठमाडौंस्थित विवेक स्वच्छ सेवा केन्द्र नामक बालगृहलाई शनिबार खाद्यान्न, सरसफाइलगायत बालबालिकालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

बबरमहलस्थित बालगृहमै एक कार्यक्रम आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्ल्ब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का प्रथम भाइस गभर्नर लायन रमेश लामाले बालगृहका समस्याहरू समधानामा आफूहरू क्रियाशील भई सहयोग गर्ने बताए ।

उनले कार्यक्रम आयोजक क्लबहरु ‘जहाँ आवाश्यकता त्यहाँ लायन्स’ भन्ने भावानाअनुसार कार्यक्रम स्थान छनोट गर्न सफल भएकोमा एलसीआईएफ डिस्ट्रिक कोअडिनेटर लायन प्रेमकुमार चुडाल (निशान) र एरिया कोअडिनेटर लायन प्रदीप सत्याललाई विशेष धन्यबाद दिएका थिए

कार्यक्रमका आयोजक इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का एलसीआईएफ डिस्ट्रिक कोअडिनेटर लायन प्रेमकुमार चुडाल (निशान)ले सो बालगृहमा आफ्नो डिस्ट्रिक्टको पहिलो प्रयास भए पनि आगामी दिनमा लायन्स क्लबले उक्त बालगृहलाई निरन्तर सहयोग गरिरहने बताए ।

संस्थाका तर्फबाट धन्यवाद दिँदै विवेक स्वच्छ सेवा केन्द्रकी अध्यक्ष रेविका थापाले अप्ठ्यारो परिस्थितिमा हुने यस्तै सहयोगले हौसला बढ्ने र ऊर्जा प्रदान गर्ने बताइन् । आफ्नो संस्थालाई अहिले यस्तै सहयोग चाहिएकोले लयन्स क्लबलाई धन्यवाद दिँदै थापाले बालबालिकालाई नियमित स्वास्थ्य परीक्षणका लागि आश्रममै आएर सहयोग गरिदिने स्वयंसेवी डक्टरहरूको व्यवस्थाका लागि पहल गरिदिन आग्रह पनि गरिन् ।

कार्यक्रममा लायन्स क्ल्ब इन्टरनेसनलको डिस्ट्र्रिक्ट ३२५ डी का जीएमटी कोअर्डिनेटर लायन श्रीधर भन्डारी , एरिला कोअडिनेटर प्रदीप सत्याल, रिजन चेयरपर्सन, जोन चेयरपर्सन क्लब प्रेसिडेन्ट तथा सदस्य लायनहरूको उपस्थिति रहेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com