आश्विन ५, २०८० शुक्रबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । विश्वभरका फुटबल खेलप्रेमीले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेलतालिका परिवर्तन भएको छ । कतारमा आगामी मंसिर ५ गतेदेखि प्रारम्भ हुने भनिएको फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मंसिर ४ गतेदेखि हुने भएको छ ।

निर्धारित मितिभन्दा एक दिनअगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले घोषणा गरेको छ ।

मूल खेल तालिकाअनुसार मंसिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्यान्डसबीचको खेल सोही दिन हुनेछ । तर, उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मंसिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ । यसअघि मंसिर ५ गतेका लागि सेनेगल र नेदरल्यान्डस तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो ।

फिफाले विश्वकप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल(तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ । बाँकी खेलहरू पूर्व निर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com