आश्विन ९, २०८० मंगलबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्यसहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । आज राजधानीको केएल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ।

युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गरिएको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए।

युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन योजना केन्द्रित गर्ने , समाजवादको आधार तयार गर्न राजनीतिक ,वैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरण भेलाको एजेण्डा रहने संयोजक देवकोटाले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com