काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो।
शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने लगायत विषयमा छलफल केन्द्रित थियो। उहाँहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको र गठबन्धन गरेर जाने लगायतका विषयमा कुरा भए पनि निर्णयमा नपुगेको साथै फेरि बैठक बस्न सक्ने स्रोतले बताएको छ।
लिङ्देन झापा ३ मा चुनाव लड्दैछन् । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।
प्रतिक्रिया