चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले वीरगंजमा श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका(२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवलाई २३ वर्षीया श्रीमती प्रतिमा कुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com