चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘फोर एच’ नेपालले एक प्रेस नोट जारी गर्दै राज्यका सम्पूर्ण निकायमा युवाको सहभागिता सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेको छ । जारी गरिएको वक्तव्यमा भनिएको छ, नेपालमा युवाको राजनीतिक तथा नीति निर्माण तहमा सहभागिता, पहुँच तथा नीति निर्माणमा उपस्थिति न्यून रहेको छ ।

राजनीति पार्टी भित्र, संसदीय निर्वाचन, सरकारी नियुक्ति, संवैधानिक नियुक्ति तथा विभिन्न सार्वजनिक पदहरुमा उमेरका आधार विभेद गरिएको देखिन्छ ।

तसर्थ कानुनी, राजनीतिक, सामाजिक, साँस्कृतिक तथा परम्परागत रुपमा उमेरलाई आधार मानी युवाको सहभागिता, नेतृत्व, पहुँच तथा उपस्थितिलाई अवरोध सिर्जना गरिएको भन्दै फोर एच नेपालले नेपाल सरकार तथा सरोकारवाला निकायसँग युवाको सहभागिता सुनिश्चितताको लागि ध्याानाकर्षण समेत गरेको छ ।

पाँच बुदेंमा मागमा फोर एच नेपालले हाल नेपालमा बालिग मताधिकारको उमेर १८ बाट घटाई १६ वर्ष कायम गर्नु पर्ने र संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागि बढीमा २१ वर्ष कायम गर्नु पर्ने माग अघि सारेको छ ।

त्यस्तै, दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्नका लागि युवा सहभागिता सहितको विशेष कार्यक्रम तय गरिनु पर्ने तथा राजनीतिक दलभित्र युवामाथिको विभेद अन्त गरी युवा सहभागिता सुनिश्चित गर्नु पर्ने भनिएको

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, संवैधानिक नियुक्ति, सार्वजनिक पद, उच्च राजनीतिक नियक्ति तथा अन्य सार्वर्जनिक पदका लागि कायम गरिएको उमेर हदबन्दी हटाई युवाको पहुँचका लागि संवैधानिक तथा कानुनी संशोधन गर्न भनिएको छ ।

र, कोभिड १९ पछि युवाले भोग्दै आएको मानसिक समस्या, बेरोजगारी, प्रजनन स्वास्थ्यको समस्या तथा अध्ययन अध्यापन लगायतका समस्या समाधान गर्न एकिकृत विशेष कार्यक्रम ल्याउन नेपाल सरकारसँग माग गरेको छ ।

संयुक्त राष्ट्र संघले सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैं आइरहेको छ । १९९८ अगस्ट ८ देखि १२ सम्म पोर्चुगलको लिस्वनमा भएको विश्वस्तरीय युवा मन्त्रीहरुको सम्मेलनले युवा नीति सम्बन्धि प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १९९९ डिसेम्वर १७ मा भएको संयुक्त राष्ट्र संघको साधारणसभाको प्रस्ताव नम्बर ५४ र १२० ले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने घोषणा ग-यो ।

सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरु भएको हो । नेपालमा पनि सन् २००४ बाट औपचारिक युवा दिवस मनाउन थालिएको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com