मंसिर १९, २०८० मंगलबार । December 6, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं।काठमाडौं महानगरपालिकाको मुख्य सहर क्षेत्रको फोहोर रातारात उठाइएको छ। सहर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ।

विगत दुई सातादेखि उठ्न नसकेको फोहोर रातारात उठाइएको हो। गाइजात्राको दिन पनि फोहोर नउठ्दा समस्या हुनेभन्दै बिहीबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकमा विवाद भएको थियो।

त्यस लगत्तै महानगरको फोहोर ब्यवस्थापन समितिको आकस्मिक बैठक बसेर कोर एरियाको फोहोर उठाइएको महानगरले जनाएको छ। विशेषतः गाइजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको बताइएको छ।

बिहीबारको बैठकमा केही वडाध्यक्षले मेयर बालेन्द्र शाहलाई बिहीबार राति फोहोर उठाउनपर्ने बताएका थिए। उनीहरूले फोहोर उठाउने विषय बाहेक अन्य एजेण्डामा छलफल नगर्ने अडान लिएका थिए।

वडाध्यक्षहरूको अडानपछि बैठकका अन्य एजेण्डामा छलफल नगरी फोहोर ब्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकले मुख्य क्षेत्रका फोहोर बिहीबार राति नै उठाउने निर्णय गरेको थियो।

बन्चरेडाँडामा अवरोध र सडक मर्मतको काम भइरहेकाले फोहोर लैजान नसकिएको बताइएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com