काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा तेश्रो ठूलो दल नेकपा ९एककिृत समाजवादी०ले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्दा न्यूनतम २० प्रतिशत नछोड्ने बटमलाइन बनाएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीमा हाल कायम सांसदहरुको संख्यामा नघटाउने गरी गठबन्धनले गर्ने चुनावी तालमेलमा आफ्नो अडान राख्ने भएको हो।
एकिकृत समाजवादीका हाल संघीय सांसद २४ जना तथा प्रदेशमा समेत ६० जना रहेकोले यो संख्या नघटाउने बरु बढाउने गरी अडान प्रस्तुत गर्ने बटमलाइन रहेको उनको भनाइ रहेको छ । प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँट गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेसमेत उनले बताए ।
प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १६५ सांसद हुन्छन् भने समानुपातिक र मनोनित समेत गरी २७५ जना रहने संवैधानिक व्यवस्था छ ।
नेकपा ९एकिकृत समाजवादी०ले २० प्रतिशतको दाबी नछोडे गठबन्धनले उसका लागि ३२ सिट छोड्नु पर्ने हुनसक्छ । दलहरुको आ–आफ्नो अडानले गठबन्धनमा सिट बाँडफाँटको पेचिलो बन्ने देखिएको छ ।
सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रतिक्रिया