चैत्र १५, २०८० बिहिबार । March 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमार्डौ । दाङमा एक युवतीसँग प्रेम गरेको आरोपमा एक युवामाथि निर्घात कुटपिट भएको छ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादव आफ्नी प्रेमिकाका आफन्तबाट कुटिएका हुन् ।

प्राप्त समाचार अनुसार यो घटना यही साउन २१ गतेको हो । त्यससाँझ मान्सारामकी प्रेमिकाले फोन गरेर घरमा भेट्न आउन आग्रह गरेकोले उनी साइकल चढेर युवतीको घरमा गएका थिए । राती ९ बजे प्रेमिका भेट्न उनको घरमा पुगेका मान्साराममाथि प्रेमिकाका बाबुसहितका आफन्तहरुले कुटपिट गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीका अनुसार प्रेमिकाका बाबु उनकी छोरी र छोरीका प्रेमी सँगै पढ्ने विद्यालयका शिक्षक पाटेश्वर यादव हुन् । उनले आफ्नी छोरी र मान्सारामबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि फोन गर्न लगाएर बोलाएको अनि घरमा पुग्नासाथ निर्घात कुटपिट गरेको थाहा पाएको उनले बताइन् ।

मान्सारामलाई कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा पुर्याइएको थियो । कुटपिटबाट मान्सारामको टाउको, मुख, खुट्टामा चोट लागेको छ ।

आफूलाई बोलाएर निर्घात कुटपिट गरिएको भन्दै मान्सारमले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले बुधबार उनीमाथि कुटपिटमा संलग्न पाटेश्वर यादव र यादवका दाइ धीरबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com