मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन् ।

लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही महिनाअघि नेपाल आएका नेता गिरीमा निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

यसैगरी, कांग्रेस सांसद कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा केही दिन उपचार गराई हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलले सांसदद्वय गिरी र घलेको स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com