चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । हृदयघातका कारण अस्पतालमा भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनेको छ ।

बुधबार जिम गरिरहँदा हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

राजुका साथी डा। अनील मुरारकाका अनुसार राजुलाई अहिले भेन्टिलेटरमा राखिएको छ । ‘उसको स्वास्थ्यमा सुधार देखिएको छैन । उसको दिमागले काम गरिरहेको छैन । त्यहीकारण उसलाई भेन्टिलेटरमा राखिएको छ ’, उनले भनेका छन् ।

उपचारमा संलग्न चिकित्सकले राजुको मुटुमा दुई स्टेण्ड राखेका छन् । तर, अहिलेसम्म उपचारलाई सकारात्मक प्रतिक्रिया दिन सकेका छैनन् । राजुको स्वास्थ्य बेलुकासम्ममा केही सुधार हुनेमा परिवार र चिकित्सक आशावादी छन् ।

बुधबार जिम गरिरहँदा उनको छाती दुखाई तीव्र भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

राजुले स्टेण्ड अप कमेडीसँगै कैयौं फिल्ममा काम गरेका छन् । उनी हालैमात्र टेलिभिजनमा ‘इण्डिया लाफ्टर च्याम्पियन’मा देखिएका थिए । राजुले ‘मैने प्‍यार किया’, ‘तेजाब’ र ‘बाजीगर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com