मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

तनहुँ । तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माईक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेमध्ये ८ जनालाई थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको र ७ जना भने सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com