जेष्ठ ८, २०८० सोमबार । May 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको बैठकमा तालमेल गर्नको लागि सिफारिस गर्न बनेको कार्यदलको दोश्रो बैठक आज बस्ने भएको छ । सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको दोस्रो बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको हो ।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो । यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको छ । प्राप्त समाचार अुनसार आज बस्ने बैठकमा सिट संख्याको बारेमा छलफल हुने छ । यसअघि नै बाँडफाँट गर्दा लचक हुने समझदारी बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com