आश्विन ४, २०८० बिहिबार । September 22, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोलाखामा पहिरोले वितण्डा मच्चाएको छ । जिल्लाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका हुन् ।

त्यहाँ गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ ।

पहिरोको कारण इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ ।

बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ भने बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् ।

पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिएका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com