चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ ।नेपालले एक चीन नीतिमा आफ्नो प्रतिवद्धता सार्वजनिक गरेपछि चीनले प्रशंसा गरेको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच भएको द्वीपक्षीय वार्ताको दौरान चिनियाँ पक्षले नेपालको प्रशंसा गर्दै खुशी व्यक्त गरेको हो ।

खड्काको नेतृत्वमा रहेको नेपाली टोली र वाङको नेतृत्वमा रहेको चिनियाँ टोलीबीच सान्तोङ प्रान्तको छिङ्ताओमा द्धीपक्षीय बैठक भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

द्वीपक्षीय बैठकमा चिनियाँ पक्षले नेपालले एक चीन नीतिप्रति गरेको प्रतिबद्धताको प्रशंसा गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिएका छन् । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू प्रसन्न देखिए’ ती अधिकारीले भने ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र त्यसपछि एक चीन नीतिमाथि उठेको प्रश्नलाई कमजोर पार्नका लागि चीनले नेपालसहित संसारका विभिन्न मुलुकहरूलाई एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन अप्रत्यक्ष रुपमा आह्वान गरेको थियो । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुशी भएको हो ।

मन्त्रालयका अनुसार दुई मन्त्रीहरूबीचको बैठक सौहार्दपूर्ण र फलदायी रह्यो । दुवै मन्त्रीले नेपाल र चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति भएको मन्त्रालयको ट्वीटर ह्यान्डमा उल्लेख छ । द्वीपक्षीय बैठकमा भएका विस्तृत कुराकानी बुधबार राति नै सार्वजनिक गरिने बताइएको छ ।

८०० मिलियिन युआन अनुदान दिने घोषणा

चीनले नेपाललाई ८०० मिलियन युआन सहयोग गर्ने घोषणा गरेको छ । वार्तामा चिनियाँ विदेशमन्त्री यीले २०२२ का लागि यो सहयोगको घोषणाा गरे । चीनले छुट्टै १५ मिलियन युआन सहयोग गर्ने घोषणा गरेको छ। ३ मिलियन युआन डिजास्टर म्यानेजमेन्ट र १२ मिलियन युआन मेडिलक सर्पोटका लागि अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले काठमाडौं भित्री चक्रपथको दोस्रो चरणको स्तरोन्नतिलाई तीव्रता दिनुका साथै विद्युत् इन्टरकनेक्सन परियोजनालाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ । ऊर्जा सहयोग योजनालाई सुदृढ बनाउन र हिमालय पार त्रिआयामिक इन्टरकनेक्सन नेटवर्क निर्माण गर्न चीनले चासो देखाएको छ।

चीनले नेपालका सरकारी अस्पतालहरूलाई ब्लड क्यान्सर उपचार उपकरण र प्रविधि उपलब्ध गराउने छ र खोप सहायता लाई निरन्तरता दिनेछ। यस्तै कोरोनाकालमा चीनबाट फर्केका नेपाली विद्यार्थी अध्ययन पूरा गर्न चीन जान पाउने भएका छन् । वार्तामा नेपाली नेपाली विद्यार्थीलाई पुनः चीन फर्काउने सहमति जुटेको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com