मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २(० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।

रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com