चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ। संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्। बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए। संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन्।

आगामी साताहरू गुणात्मक ढंगले बढ्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले पनि गरेको छ। कोरोनाको संक्रमण सबैभन्दा बढी काठमाडौंमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ७१ छन्। डा। अधिकारीका अनुसार, संस्थागत आइ्सोलसनमा २ सय १४ जना छन्।

संस्थागत आइसोलेसनमा रहेका मध्ये ६४ जना सघन उपचार कक्ष ९आईसीयू०मा छन्। ७ जना भेन्टिलेटरमा उपचाररत छन्। ‘अहिले संक्रमणको उच्च जोखिममा गुज्रिरहेका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा। अधिकारी भन्छन्, ‘आगामी केही साताहरू हाम्रा लागि चुनौतीपूर्ण हुन्छन्।’ अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ छ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com