काठमाडौं।मिटरब्याजी पीडितको समस्या समाधान गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीलाई मिटरब्याजीका समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
सीआईबीले यस विषयमा छलफलका लागि अभियन्तासहित पीडितलाई बोलाएको छ। केही अभियन्ता र पीडित सीआईबी कार्यालय छलफलका लागि गएका छन्। देशका विभिन्न स्थानमा जनतालाई मिटरब्याजीहरूले ठगी गरेका घटनाहरू पछिल्लो दिनमा बढ्दै गएका छन्।
प्रतिक्रिया