आश्विन १०, २०८० बुधबार । September 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

चितवन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका(२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका क्रममा मृत्यु भएको हो।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकोमा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com