मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



काठमाडौँ । कोरोना भाइरसको मह्मारी जारी नै रहेको बेला चीनमा नयाँ भाइरस भेटिएको छ । ताइवानको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार चीनमा जुनोटिक लाङ्ग्या भाइरस भेटिएको छ ।

रिपोर्टका अनुसार अहिलेसम्म ३५ जनामा ​​यो भाइरसको संक्रमण देखिएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरसको फैलावट पहिचान गर्न र निगरानी गर्न न्यूक्लिक एसिड परीक्षण विधि प्रयोग गरिनेछ ।

ताइपेई टाइम्सको रिपोर्ट अनुसार लाङ्ग्या भाइरस चीनको शानडोङ र हेनान प्रान्तमा भेटिएको छ । प्रारम्भिक रिपोर्टका अनुसार यो भाइरस जनावरबाट मानिसमा सर्दैछ ।

ताइवानको सीडीसीका उपमहानिर्देशक चुआङ जेन(हसियाङले अहिलेसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको कुनै लक्षण नदेखिएको बताएका छन् । यद्यपि यो भाइरस मानिसमा फैलिने सम्भावना कत्तिको छ भनेर अझै अनुसन्धान भइरहेको बताए ।

सेरोलोजिकल सर्भे प्रतिवेदनअनुसार करिब दुई प्रतिशत बाख्रा र पाँच प्रतिशत कुकुरमा लाङ्ग्या भाइरस पुष्टि भएको उनले बताए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com