चैत्र ९, २०७९ बिहिबार । March 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ। ‘एमालेको दल दशौं नम्बरमा निर्वाचन आयोगमा दर्ता भएको छ,’ अधिकारीका अनुसार एमालेको दल दर्ता नम्बर ३८१ रहेको छ ।

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com