चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्याङजामा छ महिनाकी काखे छोरीको हत्या गरेर २२ वर्षीया आमाले दोेस्रो विवाह गरेकी छन् । तर, विवाहपछि रमाइलो गर्न नपाउँदै हत्या गरिएकी शिशुकी आमा र अर्का युुवक प्रहरी खोरमा पुगेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाल शिशु हत्याको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनीहरुले ती शिशुको हत्यापछि विवाह गर्ने र नयाँ जीवन बिताउने योजना बुनेको देखिन्छ ।

युवतीले गल्याङ नगरपालिका २ ईलुङ्गाका मीनबहादुर रानासँग विवाह गरेपछि बालिका जन्माएकी र साउन १० गते काखे छोरी च्यापेर हिंडेकी थिइन् । पछि खोजतलासको क्रममा उनले शिशुको हत्या गरेर केदार कुमालसँग नयाँ विवाह गरेको रहस्य खुलेको हो ।

त्यसको १० दिनपछि उनीहरुलाई गल्याङमा समातिएको छ । उनीहरुले भागेकै दिन राति अस्थायी चर्पीमा फालेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com