माघ १७, २०७९ मंगलबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बालाजु सडकमा हिडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका(३ घर भई हाल टोखा(३ बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका(३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा६३प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com