काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेको व्यक्तिलाई बुस्टर मात्रा लिन अनुरोध गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखा प्रमुख डा। खगेश्वर गेलालले पछिल्लोपटक कोभिड संक्रमणमा परी ज्यान गुमाउनेमध्ये ७६ प्रतिशतले कोभिडविरुद्धको खोप नलगाएको पाइएको बताए ।
वैशाख, जेठ र असारमा मृत्यु नभएका र संक्रमण पनि कम भएको अवस्था रहे पनि श्रावणको पहिलो साताबाट शुरू भएको मृत्युबाट शनिबारसम्म १८ जनाको मृत्यु भएको र तीमध्ये १४ जनाले कोभिडविरुद्धको खोप नलगाएको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये १२ वर्षमाथि ८८ दशमलव ४ प्रतिशतले मात्र पूर्ण मात्रा लगाएका छन् ।
प्रतिक्रिया