चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । भक्तपुरको नयाँ थिमिमा चोरी भएको छ । सूर्यविनायक नगरपालिका–३ स्थित राजु श्रेष्ठको घरमा बस्ने रमा मग्रातीको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । शनिवार दिउँसो कोठा फोडेर २० हजार नगद र ४ तोला सुन चोरी भएको छ । दिउँसो ३ र ४ बजेको बीचको समयमा चोरी भएको प्रहरीको भनाइ छ ।

घर छाडेर हिँड्दा चोरले दिउँसै चोरी गर्नसक्ने भन्दै प्रहरी परिसर भक्तपुरले सकभर घर नछाड्न र छाड्नु परेमा बलियो ताला लगाउन आग्रह गरेको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी पाण्डेले बताए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com