आश्विन १३, २०८० शनिबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गएका हुन् ।

उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गरेका उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com