जनकपुर । जनकपुरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय गरेको छ । शनिबार साँझसम्म बसेको नेपाल(भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
बैठकमा सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरूपपले नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको पौडेलले जानकारी दिए ।
खुला सीमाका कारण दुवै देशमा भइरहेको आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सहकार्य गर्ने निर्णय भएको पौडेलले बताए । नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै सुरक्षा समन्वयमा समेत सहयोग भइरहेको छ उनले भने ।
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ रु मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायत विषयमा निर्णय भएको पौडेलले जानकारी दिए । नेपाल(भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निणर्य समेत भएको छ ।
नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसाग जोडिएका नेपाल(भारत सीमाक्षेत्रतर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकालाई मर्मत सम्भारसमेत गरिने उनले बताए । भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुादै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए ।
बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो । भारततर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, विहार प्रहरी, एसएसबीलगायत सुरक्षाकर्मीहरु सहभागी थिए ।
प्रतिक्रिया