काठमाडौं । जल तथा मौमस विभागले पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा भएको जानकारी दिदै बाढीको जोखिम रहेको बताएको छ ।
विभागले सूचना जारी गर्दै म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिमका केही स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेकाले त्यस क्षेत्रका साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको हो ।
विभागले भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने जानकारी दिदै आइतबार बिहानसम्म सतर्क हुन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया