मंसिर १६, २०८० शनिबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिण पूर्वमा रहेको इचेनस्थित एक अस्पताल भवनमा भएको आगलागीमा परी पाँच जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् ।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिइन् भने बाँकी एकको पहिचान हुन सकेको छैन ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com