मंसिर १४, २०७९ बुधबार । November 30, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



सुर्खेत । सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो । मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो । सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो । अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने प्रदेश निर्वाचन प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।

१३ चैत २०७८ मा प्रकाशन भएको मतदाता सूचीअन्तर्गत सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जनाको मतदाता थिए । १९ साउनसम्म प्रदेश निर्वाचन कार्यालयले सुर्खेतमा आठ हजार ६ सय २० जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ । प्रदेश र संघको निर्वाचनमा सुर्खेतमा दुई लाख ४६ हजार मतदाता हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com