चैत्र १५, २०८० बिहिबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । राजधानी काठमाडौँका पैदलमार्ग फूटपाथ फोहरले भरिन थालेको छ । फुटपाथमा फोहोर भरिएपछि सडकबाट यात्रा गर्दै पैदल यात्रुलाई मुश्किल भएको छ । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित समेत भएको छ । काठमाडौँ महानगरले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

काठमाडौँ महानगरले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।

एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि फोहर व्यवस्थापन चुनातिपूर्ण बनेको छ । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न कति समय लाग्छ भन्ने बारे महानगरले स्पष्ट जानकारी गराएको छैन ।

त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा ९लिचड ट्याङ्की० फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com