आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री डा।नारायण खड्कालाई समितिको उपस्थित हुन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले अमेरिकी स्टेट पार्टनरसिप पोग्राम ९एसपीपी० सम्झौता अस्वीकार गर्न अमेरिकालाई सरकारले पठाएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।

मन्त्री खड्का भने आजको बैठकमा उपस्थित भएनन् । समितिको सभापति निरादेवी जैरेले परराष्ट्रमन्त्रीले समितिको अपमान गरेको बताएकी थिइन् ।

यसैगरी, नेपाली कांग्रेसकी नेतृ लक्ष्मी परिवारले परराष्ट्रमन्त्रीको बचाउँ गर्दै मन्त्री खड्का बाढी पहिरोले डुबानमा परेका जिल्लाहरुको अवलोकन लागि गएको बताएकी थिइन् ।

त्यस्तै, नेकपा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रालयले अमेरिका पठाएको पत्र संसदमा पत्र दिनुपर्ने धारणा राखेका थिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com