फाल्गुन १७, २०८० बिहिबार । March 1, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं।आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ।

संविधानको धारा २७१ अनुसार निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ता गर्नुपर्छ। सात वटै प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् भन्ने कुराको निधो भदौ पहिलो हप्ताभित्र गरिसक्ने निर्वाचन आयोगको तयारी छ।

निर्वाचनमा भाग लिन चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ।

सरकारले आजमात्रै संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com