चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं।सरकारले भारतबाट गहुँ र चिनी आयात गर्दा विशेष स्वीकृति लिनुपर्ने बताएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भारतबाट गहुँ र चिनी आयात गर्ने उद्योगी, व्यवसायीले विशेष स्वीकृति लिनुपर्ने बताउँदै उद्योगलाई विवरणसहित मन्त्रालयमा आउन आग्रह गरेको हो।

मन्त्रालयले २८ साउनभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन गर्न उद्योगीलाई भनेको छ।भारतले खाद्य संकट हुन सक्ने आशंकमा गत ३० वैशाखबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनी निर्यातमा रोक लगाएको थियो।

भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्तालगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीले गहुँ आयात खुलाउन माग गर्दै आएका छन्।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com