मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको थियो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रा समेत पाइसकेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com