काठमाडौं । मनकामना केबलकार केही दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकार सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको हो ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएकोको बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।
स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने भएकाले त्यसपछि मात्रै केबुलकार सञ्चालन हुने छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने पनि कम्पनीको भनाइ छ । यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । कम्पनीका अनुसार स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन्।
प्रतिक्रिया