चैत्र १५, २०८० बिहिबार । March 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । ।

बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।

नेत्र विक्रम चन्द ९ विप्लव० नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन रु भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज बिराजन शाहीले कारवाहीको माग गरेको बताए ।

यसवारेमा बुझन खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताए । उनले भने, ‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारबाही हुन्छ ।’

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com