मंसिर १८, २०७९ आइतबार । December 4, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

इस्लामावाद । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ । देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ ।

ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com