जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल भइरहेको दाबी गरेका छन् ।

मंगलबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी मोर्चा बनाउने बताए । उनले अहिले नै एमालेसँग एकता नहुने स्पष्ट पारे ।

आफूसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता र माओवादीसँग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताए ।

गौतमले सधैँभरि काँग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने काँग्रेस र कम्युनिस्टका बिचमा कुनै फरक नरहने तर्क गरे ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com