माघ १३, २०७९ शुक्रबार । January 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारमा सहभागी हुने भएको छ । लोसपा संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा अघि नै सरकारमा सहभागी हुने भएको हो । ठाकुर नेतृत्वको लोसपा पनि सत्ता गठबन्धनमा आउने चाहना गरेको छ ।

लोसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। अब बस्ने मन्त्रिपरिषद बैठकले मंसिर ४ मा चुनावको मिति घोषणा गर्ने र ‘त्यसअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी भएको जनाइएको छ ।

‘लोसपालाई गठबन्धन र सरकारमा ल्याउन प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेका छन् । अहिलेका एक मन्त्रीलाई हटाएर लोसपालाई सरकारमा ल्याउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । जसमा लागि गठबन्धनका सबै नेता तयार छन् ।

चुनावको मिति घोषणापछि मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने भएकाले त्यसअघि नै नै लोसपालाई सरकारमा ल्याउने तयारी भएको हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com