चैत्र १७, २०७९ शुक्रबार । April 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

क्यालिफोर्निया । मंकीपक्स संक्रमणका ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो ।

आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए ।

‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com